arrow

निजामति कर्मचारी संगठन गण्डकीमा अशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
ashok khanal.jpg

पोखरा । नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका अशोक खनाल चयन भएका छन् । संगठनको प्रथम प्रदेश अधिवेशनले खनाललाई अध्यक्षमा चयन गरेको हो । 

संस्थाको उपाध्यक्षमा पर्वतका शारदा खड्का, कास्कीका डोलराज पराजुली र बागलुङ रामप्रसाद उपाध्याय रहेका छन् । यसैगरी महासचिवमा कास्कीका रामचन्द्र पहारी, सचिवमा तनहुँका पुष्पराज खनाल, कास्कीका मधु बराल, लमजुङका हुमनाथ पौडेल र कोषाध्यक्षमा स्याङ्जाका आजाद पौडेल रहेका छन् ।

संगठनको कार्यसमिति सदस्यहरुमा मनाङकी गीता मिजार, स्याङ्जाकी सृजनाकुमारी लामिछाने,  पर्वतकी राधाकुमारी शर्मा, बागलुङकी सरस्वतीदेवी रेग्मी, नवलपुरकी निर्मला पौडेल छन् । 

यसैगरी विराज विक, पूर्णबहादुर भोलाम, धनबहादुर कुँवर, लक्ष्मी बानिया, सुनिल थापा, टेकनारायण शर्मा, राजेश्वर सिलवाल, विष्णुप्रसाद ढकाल, गौरवदास बैरागी, सागर सुवेदी, कृष्णप्रसाद पनेरु, अम्विका प्रसाद गौतम, तिलक प्रसाद आचार्य र भुवन दाहाल पनि सदस्यमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ