arrow

प्रचण्ड निवास अगाडि धर्ना, क्रान्तिकारीका उपाध्यक्षसहित नौ जना निलम्बनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास अगाडि लगानीकर्ताहरूले धर्ना दिएका छन् । 

पुँजी बजारको सुधारको माग गर्दै लगानीकर्ताहरूले सोमवार प्रचण्ड निवास अगाडि धर्ना दिएका हुन् । 

साथै माओवादी केन्द्रको भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले उपाध्यक्षसहित नौ जनालाई निलम्बन गरेको छ । 

सङ्गठन विपरीत काम गरेको आरोपमा क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जना निलम्बनमा परेका हुन् । 

तीनकुने स्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा क्रान्तिकारीबीच हाता हालाहालको स्थिति आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ