arrow

चीनसँग तनावका बेला ताइवानबाट सेमिकन्डक्टरको व्यापार बढाउन खोज्दै ईयू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
eu-taiwan-semiconductor.jpg

काठमाडौं । चीनसँग तनावपूर्ण सम्बन्धको बीचमा युरोपेली संघ (ईयू)ले ताइवानसँग सेमिकन्डक्टरको व्यापार बढाउन खोजेको छ । चिप्सको लागि भोको ईयूले ताइवानको सेमिकन्डक्टर र माइक्रोचिप उद्योगबाट खपत बढाउने अपेक्षा गरेको छ ।

दुई साताअघि युरोपेली संघले ताइवानका आर्थिक मामिला मन्त्री मेई हुआ वाङसँग भर्चुअल व्यापार संवाद गरेको डिब्ल्यू न्यूजले जनाएको छ।

'ताइवान सेमिकन्डक्टरको क्षेत्रमा धेरै महत्त्वपूर्ण खेलाडी हो, यदि सबैभन्दा महत्त्वपूर्ण खेलाडी होइन भने,' ईयू कमिश्नर फर ट्रेड भाल्डिस डोम्ब्रोभस्किसले गत महिना युरोपेली संसदमा बोल्दै भनेका थिए ।

युरोपेली संघ र बेल्जियममा ताइवानको प्रतिनिधि कार्यालयका मिङ येन साईले आगामी वार्ताका लागि आफू आशावादी रहेको ईयूलाई बताएका थिए ।

ईयू र ताइवानले प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्र बजार र कानूनको शासनका एउटै मूल मूल्यमान्यताहरू साझा गर्ने कुरा स्मरण गर्दै उनले यस्तो भनेका हुन् ।

चीनसँग तनावपूर्ण सम्बन्ध रहेका बेला ईयूले ताइवानबाट सेमिकन्डक्टरको व्यापार बढाउन खोजेको हो ।

गाडी, कार, जहाजदेखि मोबाइल कम्प्युटरलगायतका सबैजसो विद्युतीय सामग्रीमा अत्यावश्यक चिपको अभाव बढिरहँदा विश्वको झन्डै आधा सेमिकन्डक्टर उत्पादन गर्ने ताइवानसँग ईयू नजिक हुन खोजेको हो ।

यसैबीच बेइजिङले ब्रसेल्सलाई ताइवानसँग संलग्न नहुन र एक चीन नीतिलाई पालना गर्न भन्दै चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ