arrow

नयाँ तेल: सेमिकन्डक्टरको भूराजनीति र विश्वकाे एसियाइकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
oil-asia-semiconductor.jpg

काठमाडौं । टोयोटा, फोर्ड, र भोल्भोले आफ्ना कारखानाहरूमा कार उत्पादनमा ढिलाइ र अस्थायी रूपमा बन्द गर्नुपर्दा विश्वले सेमिकन्डक्टर अर्थात् अर्धचालकको बढ्दो माग र विश्वव्यापी अभावको गम्भीरता देखेको थियो।

जब पीएस ५ गेम कन्सोल खरिद गर्न लगभग असम्भव भयो एप्पल जस्ता स्मार्टफोन निर्माताहरूले चिपको अभावले सन् २०२१ मा आईफोन बिक्रीलाई असर गर्न सक्छ भन्दै चेतावनी दिए ।

 यतिबेला विश्वले सेमिकन्डक्टरको महत्वलाई झनै गहिरो रुपमा बुझेकाे छ । एक सय पचास भन्दा बढी फर्महरूको सर्वेक्षण अनुसार सन् २०१९ मा चिपको आपूर्ति औसत ४० दिनबाट घटेर सन् २०२१ को अन्त्यमा पाँच दिनमा झर्याे । चिपको माग आपूर्ति भन्दा निकै नै उच्च छ । 

विश्वभरका धेरै अटोमेकरहरू र उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायहरूले उत्पादनमा अवरोधको सामना गरेका छन् । यो अप्रत्याशित परिदृश्य एक्कासी चाँडै परिवर्तन हुने सम्भावना छैन । रिपोर्टहरूले चिप आपूर्तिको समस्या सन् २०२३ सम्म जारी रहने संकेत गरेका छन् ।

छोटो समयमै उत्पादन बढाउन नसकिने हुँदा चिप निर्माताहरूलाई माग पूरा गर्न लामो समय लाग्ने देखिन्छ । यसरी इन्टिग्रेटेड चिप्सको बढ्दो मागले पहिले तेलको वरिपरि केन्द्रित विश्वव्यापी भूराजनीति र अर्थव्यवस्थाको फोकस अहिले नयाँ तेलका रुपमा सेमिकन्डक्टरतर्फ सरेको छ। 

इन्टरनेट अफ थिंग्स (आईओटी) को द्रूत प्रगतिले सेमिकन्डक्टरहरूले विकासको लागि विश्वको प्राथमिक कमोडिटी इनपुटको रूपमा तेललाई उछिन्ने सम्भावना देखिएको छ ।

हालै अमेरिकी प्रशासनले संसद्लाई लामो समयदेखि रोकिएको कानून अपनाउन आग्रह गरेको छ । जसले घरेलु सेमिकन्डक्टरको उत्पादनको लागि ५२ अर्ब अमेरिकी डलर प्रदान गर्छ।

यस्तै बेइजिङको मेड इन चाइना २०२५ पहलले सेमीकन्डक्टरको आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको छ। 

हालैको तथ्याङ्कले चिनियाँ सेमिकन्डक्टर उत्पादन गत वर्ष भन्दा ३३ प्रतिशतले बढेको छ। जुन २०२० को वृद्धि दरको दोब्बर भन्दा बढी हो। 

चीन र अमेरिकाले यसरी सेमिकन्डक्टर उद्योगमा बढाएको लगानीले सेमिकन्डक्टरको भूराजनीतिले बलियो रुप लिने संकेत गरेको देखिन्छ।

सेमिकन्डक्टरको अभाव किन भयो र यो किन महत्वपूर्ण छ ?

सेमिकन्डक्टरहरू आधुनिक अर्थतन्त्रका मेरुदण्ड हुन् र कृत्रिम बुद्धिमत्ता (एआई), स्वचालित सवारी साधन एवं क्वान्टम कम्प्युटिङ जस्ता उदीयमान प्रविधिहरूको आधारशिला हुन् ।

आर्थिक वृद्धि, राष्ट्रिय सुरक्षा र प्राविधिक नवाचारको एक आवश्यक घटक बन्नेतर्फ सेमिकन्डक्टरको विकास भएको छ।

सेमिकन्डक्टरहरूको प्रयोग विद्युतीय उपकरण सेल फोन, पीसी र पेसमेकर, इन्टरनेट, इलेक्ट्रिक कार, एरोप्लेनदेखि हाइपरसोनिक हतियार लगायतका क्षेत्रमा हुन्छ।

ग्लोबल ई–कमर्स झैं उत्पादन र सेवाहरूको डिजिटलाइजेशन निकै साना तर महत्वपूर्ण सेमिकन्डक्टरमा निर्भर छन् । मानिसको कपाल भन्दा मसिनो न्यानो साइजको सिलिकन वेफर्सले विश्वव्यापी प्रभाव पार्ने क्षमता राखेको छ।

हामी प्राविधिक आविष्कारको युगमा बाँचिरहँदा  अहिले देखिरहेका प्रविधिको भूराजनीतिले वित्त क्षेत्र, स्वास्थ्य क्षेत्र, अटोमोबाइल र इलेक्ट्रोनिक्स उद्योगसम्मका कुनै पनि उद्योगका लागि खतरा निम्त्याउन सक्छ ।

विश्वभरका धेरै निर्माताहरू सेमिकन्डक्टरको अचानक र क्यास्केडिङ अभावको परिणाम स्वरूप उत्पादन बन्द वा स्थगित गर्न वाध्य भए ।

अहिलेको समयमा सबैजसो कुराहरु यो सानो चिपमा चल्दा यसको अभाव वास्तवमा नै एउटा गम्भीर समस्या हो जसले हाम्रो अर्थतन्त्रलाई नै ठप्प पार्न सक्छ । किनभने हाम्रो हातमा रहेको ग्याजेटमा माइक्रोचिप पुग्नुअघि त्यसले अनेकौं ठाउँबाट ढुवानी हुनुपर्छ ।

सेमिकन्डक्टर व्यवसाय मानव इतिहासमा सबैभन्दा अन्तरसम्बन्धित उद्योगहरू मध्येको एक बनेको छ ।

अटोमोबाइलदेखि हेडफोनसम्म सबै चिजको आपूर्ति घट्दा यो माइनस्युल कम्पोनेन्टमा आधुनिक विश्वको निर्भरतालाई उजागर गर्दै सेमिकन्डक्टरहरूको अभावले विश्व अर्थतन्त्रमा झट्काका तरङ्गहरू पठाएको छ।

चिप निर्माणमा प्रभुत्व बनाउन सक्ने राष्ट्रले बढ्दो रणनीतिक सान्दर्भिकताका साथ साथै आर्थिक र राजनीतिक लाभसमेत पाउन सक्ने स्थिति बनेको छ।

उदाहरणका लागि चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे विरुद्धको अमेरिकी निर्यात प्रतिबन्ध नीतिले भूराजनीतिक स्वार्थका लागि विश्वव्यापी सेमिकन्डक्टर मूल्य श्रृंखलालाई कसरी हतियार बनाउन सकिन्छ भन्ने कुरा देखएको छ।

सेमिकन्डक्टरको वर्चश्वका लागि अमेरिका र चीन बीचको दौड

सेमिकन्डक्टरहरू राष्ट्रिय सुरक्षाका लागि झन् महत्त्वपूर्ण हुँदै गइरहेका छन्। दुवै देशलेले सेमिकन्डक्टरको निर्बाध आपूर्ति सुनिश्चित गर्न प्रतिस्पर्धा गरिरहँदा हामीले चिप उद्योगलाई संयुक्त राज्य अमेरिका र चीन बीचको नयाँ टेक शीतयुद्धमा तानिएको देखिरहेका छौं ।

हालैको औद्योगिक घाटाले अमेरिकालाई विश्वस्त गराएको छ कि यो आफ्नो घरेलु आवश्यकताका लागि विदेशी उत्पादकहरूमा अत्यधिक निर्भर छ । जसले आर्थिक गतिविधिलाई मात्र नभइ राष्ट्रिय रक्षाको लागि पनि खतरा खडा गरेको छ। 

विश्व प्रजातन्त्रहरूले थप दृढ चीनको विरोध गर्न आर्थिक र सैन्य गठबन्धनहरूलाई बलियो बनाउँदा बेइजिङले सेमिकन्डक्टरको निर्भरतालाई चीनको घाँटीमा लागेको चक्कुको रूपमा हेर्छ र घरेलु आविष्कार र प्राविधिक आत्मनिर्भरतालाई बढावा दिने रफ्तारमा छ। 

सेमिकन्डक्टरको लागि विश्वव्यापी दौडले सेमिकन्डक्टरको सर्वोच्चताको मुद्दा उठाएको छ। चिपहरू अब रणनीतिक जोखिमको क्रक्समा समेत देखिन थाल्दा संयुक्त राज्य अमेरिका र चीन प्राविधिक युद्धमा फसेका छन्।

दशकौंदेखि संयुक्त राज्य अमेरिकाले सेमिकन्डक्टर उद्योगमा प्रभुत्व जमाउँदै आएको छ। जसले कुल बिक्री बजारको ४७ प्रतिशत (१९३ अर्ब अमेरिकी डलर) को नेतृत्व गरेको छ।

संयुक्त राज्य अमेरिका विश्वका शीर्ष पन्ध्र सेमिकन्डक्टर कम्पनीहरूमध्ये आठको घर हो । 

अमेरिकाले सिस्टम अन चिप डिजाइनमा नेतृत्व गरिरहेको बेला चिप उत्पादन बढाउन फाउन्ड्रीहरूको भने गम्भीर अभाव छ। जुन कोभिड १९ को महामारीको समयमा विश्वव्यापी चिप अभाव हुँदा प्रकट भएको थियो। 

संयुक्त राज्य अमेरिकासँग सेमिकन्डक्टर मूल्य श्रृंखलामा पूर्ण स्वतन्त्रता छैन । किनकि यो अन्य देशहरूबाट इनपुटहरूमा निर्भर छ र कुनै पनि सेमिकन्डक्टरको उत्पादन श्रृंखला अत्यन्त जटिल छ।

सेमिकन्डक्टरमा विभिन्न तीन सय इनपुटहरू आवश्यक पर्ने हुँदा अधिकांश सेमिकन्डक्टर निर्माण फर्महरू आउटसोर्स गरिएको छ।

आउटसोर्स गरिएका फर्महरूलाई अमेरिकामा फिर्ता ल्याउने प्रयासमा र सेमिकन्डक्टर उत्पादन उद्योगहरूलाई आश्वासन दिन अमेरिकी संसद्ले एक चिप्स ऐन पारित गरेको छ । जसले चिप उत्पादकहरूलाई पर्याप्त सब्सिडी प्रदान गर्दछ।

अहिलेको लागि अपतटीय उत्पादन र आफैं पनि बढीजसो सेमीकन्डक्टर निर्माताहरुको घर भएका कारण परिष्कृत चिपमा रहेको सहज पहुँचलाई लिएर अमेरिकाले अहिले सहज महसस गरिरहेको छ ।

अर्कोतर्फ चीनले सन् २०२० मा ३५० अर्ब डलर बराबरको सेमिकन्डक्टर आयात गरेको थियो। जुन सोही वर्ष आयात गरिएको कच्चा तेलको मूल्यभन्दा बढी थियो ।

हालैका वर्षहरूमा चीनले आफ्नो घरेलु  सेमिकन्डक्टर उद्योगको विकासलाई तीव्रता दिन संयुक्त राज्य अमेरिकामाथिको आफ्नो निर्भरता घटाउन र विभिन्न पहलहरूमार्फत आफूलाई विश्वव्यापी प्राविधिक लिडरको रूपमा स्थापित गर्नका लागि प्रयासहरू तीव्र पारेको छ। 

यद्यपि विशेषज्ञता र नवीन प्रविधिमा पहुँचको कमीका कारण चीन अमेरिकी फर्महरू भन्दा पछाडि छ । 

चीनको राष्ट्रिय सेमिकन्डक्टर च्याम्पियन र विश्वको चौथो ठूलो चिप फाउण्ड्री सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआईसी) उत्पादन बढाएर शून्यतालाई भर्न कटिबद्ध छ। तर यो कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा आउँदा दिनले देखाउने छ ।

पर्याप्त सरकारी समर्थन हुँदाहुँदै पनि एसएमआईसी टेक्नोलोजीको सन्दर्भमा ग्लोबल चिप टाइटन्स भन्दा कम्तिमा एक दशक पछि छ ।

एसएमआईसीको सबैभन्दा परिष्कृत उत्पादन लाइनहरूले १४ न्यानोमिटर चिपहरू मात्र उत्पादन गर्न सक्छन् । जबकि शीर्ष सेमिकन्डक्टर कम्पनीहरूले ४ न्यानोमिटर चिपहरू उत्पादन गर्दै छन् र अब ३ न्यानोमिटर चिपहरूतिर लागिरहेका छन् ।

आफ्नो उत्पादनलाई गति दिन खोजे पनि बेइजिङ विश्वव्यापी आपूर्ति श्रृंखलाको लागि कमजोर रहन्छ ।  किनभने देशको प्राविधिक उद्योगलाई विदेशी चिप्समा निर्भर राखेर चिनियाँ कम्पनीहरूले चाँडै नै ग्लोबल सेमिकन्डक्टर बजारको शीर्ष तहमा प्रवेश गर्ने सम्भावना छैन ।

नयाँ टेक्नोलोजी शीतयुद्धमा विश्वव्यापी शक्तिहरूको हस्तक्षेप भएको वातावरणमा ताइवान र यसको ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले बढ्दो भूराजनीतिक महत्त्व हासिल गरेको छ । किनभने तिनीहरूले विश्वको माइक्रोचिपको वार्षिक आपूर्तिको लगभग आधा उत्पादन गर्छन् र तिनीहरूसँग अतुलनीय प्राविधिक क्षमता छ।

संयुक्त राज्य अमेरिकाले टीएसएमसी जस्ता सेमिकन्डक्टर उद्योगका लिडरहरूलाई अमेरिकी माटोमा उन्नत चिप निर्माण सुविधाहरू बनाउन प्रोत्साहित गर्दा ताइवानमाथि चीनको आक्रामकता बढ्न सक्ने र ताइवानको स्वतन्त्रतालाई खतरा पर्नसक्ने स्थितिसमेत बनेको छ ।

यसले अमेरिका र चीन बीचको प्राविधिक शीतयुद्धलाई आगोमा तेल खन्याए जस्तै गरिदिनेछ। यद्यपि सेमिकन्डक्टरमा ताइवानको सर्वोच्चताको तेस्रो सम्भावना पनि छ त्यो हाे: विश्वको एसियाइकरणमा ताइवानको नेतृत्व ।

ताइवानको सेमिकन्डक्टर सर्वोच्चता: के यसले विश्वको 'एसियाइकरण' लाई नेतृत्व गर्न सक्छ ?

५५ प्रतिशत भन्दा बढीको बजार हिस्साका साथ ताइवानको टीएसएमसी विश्वको सबैभन्दा ठूलो ठेकेदार चिप उत्पादक हो। यसको सेमिकन्डक्टर निर्माणमा रहेको प्रभुत्व सम्भवतः एक दशक र सायद लामो समयसम्म परिवर्तन हुनेछैन । 

तर सेमिकन्डक्टर व्यवसायमा प्रभुत्व पार्ने लडाई तीव्र बनिरहेको छ जसको उद्देश्य टीएसएमसीको स्रोत र आपूर्ति नेटवर्कहरू नियन्त्रण गर्ने सहयोगीहरूलाई सुरक्षित राख्ने र रणनीतिक सम्पत्तिहरूबाट दुश्मनहरूलाई वञ्चित गर्ने रहेको छ। यो दौडले विश्वव्यापी चिप आपूर्तिकर्ताहरूलाई निलो (अमेरिका)  र रातो (चीन) आपूर्ति श्रृंखलाहरू बीच छनाेट गर्न दबाबमा राख्छ ।

उन्नाइसौं शताब्दीमा प्राविधिक विकासको परिणाम स्वरूप विश्व अधिक युरोपेली बन्न पुग्यो। बीसौं शताब्दीमा यो अमेरिकीकरण भयो। दक्षिण कोरियामा सामसङ र ताइवानमा टीएसएमसीले थालेको जटिल प्राविधिक क्षेत्रको नेतृत्वले अहिले एसियालाई शिखरतर्फ डोहाेर्याएको छ।

उदीयमान खेलाडीको रूपमा चीन, ताइवान, जापान र दक्षिण कोरिया अहिले संसारमा लगभग सबै सेमिकन्डक्टर निर्माणको केन्द्र बनेका छन् ।

यसका साथसाथै भारतले पनि सेमिकन्डक्टर उत्पादन क्षेत्रमा आफ्नो उपस्थिति बढाउन ठूलो धक्का दिइरहेको देखिन्छ।

भारतलाई विश्वव्यापी चिप उत्पादन हबको रूपमा स्थापित गर्ने प्रयासमा भारत सरकारले डिसेम्बर २०२१ मा विदेशी सेमीकन्डक्टर र डिस्प्ले निर्माताहरूलाई आकर्षित गर्न ७६ हजार करोड रुपैयाँ करिब १० अर्ब अमेरिकी डलर बराबरको प्रोत्साहन योजना सार्वजनिक गरेको थियो।

यदि एसियाले आफ्नो प्राविधिक क्षमताको उपयोग गर्छ भने यसले प्राविधिक सर्वोच्चतामा नेतृत्व गर्न सक्छ। किनकि यो विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखलाको मुख्य केन्द्र हो । यसका साथै एसिया चिपहरूमा प्रयोग हुने दुर्लभ अर्थ मेटलको स्रोत हो । 

सेमिकन्डक्टरमा एसियाको सर्वोच्चता यसको भविष्यका प्रयासहरूमा र विश्वको एसियाइकरणको प्रश्नमा रणनीतिक फाइदाका लागि टोपी रहेको प्वाँख जस्तै बन्न पुगेको छ।

हाइपर कनेक्टिभिटी बिना भविष्यको कल्पना गर्न असम्भव छ र सेमिकन्डक्टरले प्राविधिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

उत्पादन सुस्त हुँदा विश्वभरका उद्योगहरुले बढाउनका लागि हरेक मार्ग अंगाल्न थालेका छन्। विश्वमा चलिरहेको डिजिटलीकरणसँग हामीले स्वीकार गर्नै पर्छ कि कोर टेक्नोलोजीको लागि कुनै पनि देशमा निर्भर रहनु वा यसलाई मुठ्ठीभर देशहरूमा सीमित गर्नु सम्पूर्ण विश्वको लागि अत्यन्तै समस्याग्रस्त विषय हो।

किनकि यसले एकाधिकारहरू देखा पर्न अनुमति दिन्छ जसले देशको अर्थतन्त्रलाई अपांगता बनाउन सक्छ । फलस्वरूप राष्ट्रिय सुरक्षालाई कमजोर बनाउँछ । तसर्थ अर्धचालक उत्पादनमा विविधता ल्याउनु समयको आवश्यकता हो ।

चीन र अमेरिकाले आफ्नो उत्पादन क्षमता बढाउने प्रयास गर्दा दुवै देश अन्य देशबाट सेमिकन्डक्टरको आयातमा धेरै निर्भर हुनु वास्तविकता हो ।

हामीले कुर्नुपर्छ र हेर्नुपर्नेछ कि प्रमुख विश्वव्यापी देशहरूले ताइवानको प्राविधिक क्षमतालाई कम गर्न र सबै राज्यहरूको हितसँगै बलियो टेक्नोलोजिकल विकासलाई प्रवर्द्धन गर्न सक्ने एक सम्पन्न विश्वव्यापी बजारको विकास गर्न सक्षम हुनेछन् वा कुनै विशेष राज्यको हितमा लाभ उठाउन यसलाई हतियार बनाइनेछ। (दि जिओपोलिटिक्सबाट, थाना हुसेनकाे लेख )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ