arrow

शिखर शुले ल्यायो सबै वर्ग केन्द्रीत चार दर्जन मोडलका स्पोर्टस् जुत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
shikhar-shoe-sports.jpg

काठमाडौं । शिखर शुज इन्ड्रष्ट्रिज प्रालिले नयाँ मोडेलका स्पोर्टस् जुत्ता बजारमा ल्याएको छ। कोरोना महामारीका कारण सुस्ताएको बजार धेरै मात्रामा सहज भएपछि प्रालिले एकै पटक चार दर्जन मोडलका स्पोर्टस् जुत्ताहरू बजारमा ल्याएको हो ।

सबै वर्गलाई लक्षित गरी नयाँ मोडलका जुत्ताहरु ल्याइएको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । उनले सबै वर्गलाई मिल्ने भए पनि युवालाई लक्षित गरी बढी ल्याइएको जानकारी दिए । उनले ती जुत्ताको मोल १५ देखि २५ सय रुपैयाँ पर्ने बताए । 

उनले भने, ‘सबै वर्गको लागि र युवालाई लक्षित गरेर नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याइएको छ । १५ सयदेखि २५ सय रुपैयाँसम्मका जुत्ताहरु ल्याएका छौं । सबैले किनेर लगाउन सक्नुहुन्छ भन्ने विश्वास छ ।’

उनले शिखर शु भनेपछि जुत्ताको गुणस्तरबारेमा कुनै पनि शंका गर्न नहुने बताएका छन् । भन्छन्, ‘शिखर शु भनेपछि क्वालिटीका बारेमा सोच्नै परेन । क्वालिटीमा हामी स्ट्रङ छौं ।’ 

विगत २५ वर्षदेखि शिखर शुजले आफै उत्पादन गरी बजारमा बिक्री वितरण गदै आइरहेको छ । कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले विभिन्न मोडलका जुत्ता तथा चप्पलहरू आम नेपाली ग्राहकमाझ ल्याई देशवासी सबैको मनमा बस्न सफल शिखर शुका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको बताए । 

उनले शिखर शुजका स्पोर्टस् जुत्ताहरु सम्पूर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मूल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । 

सबै वर्गको रोजाइमा शिखर पर्ने दाबीका साथ उप्रेतलिे भने, ‘विगत लामो समयदेखि विभिन्न किसिमका स्कुल शु, कलेज शु, पार्टीका साथै लेडिज शु उत्पादन गर्दै आएको नेपालको नम्बर एक फुटवेयर ब्रान्ड शिखर शुले आफ्ना ग्राहकहरूको मागलाई ध्यानमा राखी स्पोर्टस् शु बजारमा ल्याएको हो ।’ 



नयाँ