arrow

एमाले सांसदले सोधे- प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अगाडि किन बढेन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । एमाले सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि किन बढेन भनेर सोधेका छन् । सोमबारको प्रतिनिधिसभामा उनले  महाभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने माग गरेका छन् । 

पूर्व प्रशासन मन्त्री समेत रहेका उनले भन्,' महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ?'

महाभियोग बारे एमालेसँग छलफल नगरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका सांसदले प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता गराएका थिए । 

उनले भने,'महाभियोग प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि ?, उहाँहरू यो प्रस्तावमाथि छानबिन गर्न निम्ति तयार हुनुहुन्न, के भएको हो ?'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ