काठमाडौं । म्यानमारमा ६ दशमलव ८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेतिर गएको भूकम्पको क्षतिको विवरण आइनसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
८५ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो । त्यस्तै, छिमेकी राष्ट्रहरु भारत, बंगलादेश र पाकिस्तानमा पनि धक्का महसुस भएको थियो ।