arrow

बालबालिकालाई 'म राक्षस हुँ' भन्न लगाउने चिनियाँ नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
chinese-man-arrested.jpg

काठमाडौं । जातीय भेदभाव र बाल शोषणको आरोपमा मलावीमा वान्टेड रहेका चिनियाँ फिल्म निर्मातालाई पक्राउ गरिएको छ। लु के नाम गरेका मलावीका बासिन्दा ती चिनियाँ नागरिकलाई 'बीबीसी अफ्रिका आई'ले पर्दाफास गरेको थियो ।

उनले स्थानीय बालबालिकाहरुलाई व्यक्तिगत अभिवादन भिडियोहरू सुट गर्न प्रयोग गरेको र तीमध्ये केही जातीय सामग्री रहेको पाइएको थियो ।

यसरी त्यहाँका बालबालिका प्रयोग गरी बनाएका भिडियो उनले चिनियाँ सोशल मिडिया साइटहरुमा ७० अमेरिकी डलरसम्ममा बिक्रीका लागि राखेका थिए ।

लु केले अपमानजनक भिडियो बनाएको कुरा भने अस्वीकार गरेका छन् । उनले चिनियाँ संस्कृतिलाई स्थानीय समुदायसम्म पुर्याउने उद्देश्यले भिडियो बनाएको बताए ।

बीबीसीले देखेको एउटा भिडियोमा लु केले साना केटाकेटीहरूको एउटा समूहलाई चिनियाँ भाषामा – म कालो राक्षस हुँ। मेरो आईक्यू निकै कम छ भन्न लगाएका छन्, जुन ती बालबालिकाहरुले के भनिरहेका छौं भन्ने बुझेका हुँदैनन् ।

मालावियन प्रहरीले गत हप्ता अनुसन्धान सुरु गरेको थियो तर, चिनियाँ फिल्म निर्मातालाई फेला पार्न नसक्दा पक्राउ गर्न सकेको थिएन ।

अध्यागमन तथा नागरिकता सेवा विभागका प्रवक्ता पासक्वाली जुलुले लु केलाई छिमेकी जाम्बियाको पूर्वी शहर चिपातामा पक्राउ गरिएको पुष्टि गरेका छन् ।

गत हप्ता शीर्ष चिनियाँ कूटनीतिज्ञ वु पेङले मलावीका विदेशमन्त्रीसँग यस विषयमा छलफल गरेको बताएका थिए। उनले आफ्नो देश भेदभाव विरुद्ध रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ