arrow

ताजा पानीमा पाइने विश्वको सबैभन्दा ठूलो माछा मेकोङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
stringayfish-mekong-fish.jpg

काठमाडौं । कम्बोडियाको मेकोङ नदीमा समातिएको ३०० किलोको स्टिंग्रे माछा अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेस वाटर (ताजा पानी) मा पाइएको माछा भएको वैज्ञानिकहरुले बताएका छन् ।

यसअघि सन् २००५ मा थाइल्याण्डमा पक्रिएको २९३ किलोको क्याटफिसको रेकर्ड यो माछाले ताेडेको छ । विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको तथ्यांक राख्ने कुनै आधिकारिक रेकर्ड किपिङ वा डाटाबेस छैन ।

जैविक विविधतामा धनी मेकोङ नदी अत्यधिक माछा मार्ने, बाँध र प्रदूषणका कारण परिस्थितिकाे प्रणालीको खतरामा पुगेको छ ।

मेकोङ नदी तिब्बती पठारबाट चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया र भियतनाम हुँदै बग्छ । 'छ वटा महादेशका नदी र तालहरूमा विशाल माछाको अनुसन्धानको २० वर्षमा यो हामीले भेटेको सबैभन्दा ठूलो ताजा पानीको माछा हो,' युएसएआईडीको वन्डर्स अफ द मेकङको नेतृत्व गर्ने जीववैज्ञानिक जेब होगनले भनेका छन् ।

'यो माछा फेला पार्नु र कागजात बनाउनु उल्लेखनीय छ किनकि यो मेकोङमा भेटिएको माछा हो, जुन नदीले हाल धेरै चुनौतीहरूको सामना गरिरहेको छ,' नेभाडा विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा होगनले अघि भनेका छन् ।

संरक्षण परियोजनाले कम्बोडियाली मत्स्यपालन प्रशासनसँग मिलेर माछा मार्नेहरूको नेटवर्क स्थापना गर्ने काम गर्दछ । ठूलो वा लोपोन्मुख माछा फेला परेमा ती माछा मार्नेहरुले अनुसन्धानकर्ताहरूलाई जानकारी गराउँछन् ।

१३ जुनको रात कोह प्रेह टापुका एक स्थानीय मछुवाले धेरै ठूलो स्टिंग्रे समातेको कुरा अन्वेषकहरूलाई बताएका थिए । यो माछा ३.९८ मिटर लामो र २.२ मिटर चौंडा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ