arrow

पोखरामा घरको छतबाट खसेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
death_1618213452.jpg

पोखरा । पोखरामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवा घर भइ हाल पोखरा-१२ माटेपानी बस्दै आएका ३९ वर्षीय अशोक गुरुङ रहेका छन् ।

अशोक माटेपानी, गुम्वाफेदीस्थित तेजकाशी गुरुङको घरमा भाडामा बस्दै आएका थिए । आज बिहान करिब १०ः३० बजे सोही घरको चार तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका गुरुङको पीश्चमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर कार्कीका अनुसार अशोकले लामो समयदेखि मानसिक रोग सम्बन्धी औषधि प्रयोग गर्दै आएको खुलेको छ । उनले आत्महत्या गरेका हुन् या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । 

स्थानीयका अनुसार अशोकको घाँटीबाट रगत बगिरहेकाले उनले घाँटी रेटेर पनि आत्महत्याको प्रयास गरेका थिए । यस विषयमा प्रहरी निमित्त प्रवक्ता खड्काले भने उनको घाँटीमा रगत देखिएको तर यो विषय खुल्न बाँकी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ