arrow

लोकमार्गको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
surung-marga.jpeg

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले रु। ५० लाख बजेट समेत विनियोजन गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि रु। ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि २४  नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ  । ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो । 

गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए । 

आगामी आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडी बढ्ने उनले जानकारी दिए । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ