arrow

म्यानमारमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले एसिया हल्लायो

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
myanmarssss.jpeg
याङगोन (म्यानमार) । म्यानमारमा बुधबार दिउँसो ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । 
 
भूकम्पको केन्द्रविन्दु म्यानमारको दक्षिणमा अवस्थित पर्यटकीय गन्तव्य प्राचीन सहर बगानबाट ३० किलोमिटर टाढा चाउक नजिकै रहेको र भूकम्प ८४ किलोमिटर गहिराइबाट गएको यूएसजीएसले बताएको छ । 
 
भूकम्पका कारण म्यानमारमा रहेका करिब दुई हजार ५०० प्राचीन एवम् पूरातात्विक महत्वका मठ तथा मन्दिरमध्ये प्रायमा क्षति पुगेको बताइएको छ । भूकम्पको धक्का केही मिनेटसम्म भएको र यसबाट धेरै भवनहरुमा क्षति पुगेको अनुमान स्थानीयको भएको चाउकबाट म्यानमारको संसदमा प्रतिनिधित्व गरेका सांसद सो वीनले बताए । 
 
उक्त शक्तिशाली भूकम्पपछि ठूला पराकम्पहरु जाने डरमा प्रभावित क्षेत्रका स्थानीयबीच त्रासको बातावरण देखिएको पनि उनले बताए । भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंकक, भारतको कलकत्ता, बङ्गलादेशलगायतका एसियाली मुलुकमा महशुस गरिएको बताइएको छ । 
 
भूकम्पको धक्का महशुस गरिएपछि भारतीय सहर कलकत्तामा भूकम्पको समय घर तथा अफिसमा रहेका मानिस आतङ्कित बन्दै खुला स्थानतर्फ भागेका थिए । भूकम्प पछि आउनसक्ने पराकम्पनलाई मध्यनजर राख्दै भारतको भूमिगत रेल सेवा केही समयका लागि स्थगित गरिएको कलकत्ता मेट्रो रेलमार्ग सेवाका प्रवक्ता इन्द्रेनी बनर्जीले बताए । 
 
बङ्गलादेशको राजधानी ढाका र वरपरका क्षेत्रमा भूकम्पको समय त्रसित स्थानीयबीच भागदौड हुँदा कम्तिमा २० जना घाइते भएका बङ्गलादेशबाट प्राप्त खबरमा जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ