arrow

एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो १२ लाख ८७ हजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
nrna-rastriya-aawiskar-kendra.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बुधबार गैरआवासीय नेपाली संघको सचिवालयमा भएको कार्यक्रममा संघले केन्द्रलाई १२ लाख ८७ हजार ५ सय ८० रुपैयाँ ४८ पैसाको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनलाई हस्तान्तण गरे । 
संघका उपाध्यक्ष महेशकुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए । 

यसरी नै महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने डा पुनले बताए । 

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्नेमा उनले जोड दिए । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताए । 

कार्यक्रमको अन्त्यमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विभिन्न अभियन्ताज्यूहरुबाट प्रतिबद्धता गरिएको रकममध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । 

त्यस्तै विदेशमा सिकेको  ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए । 

कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ