arrow

वीरगञ्जमा प्रदेशको उच्च अदालत स्थापना गर्न कांग्रेसको माग, नभए आफै सहभागि सरकारविरुद्ध उत्रिने

logo
हाम्रा कुरा
प्रकाशित २०७३ भदौ ८ बुधबार
news-parsha-congress.jpeg
वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ ले प्रदेश नम्बर २ को उच्च अदालत वीरगञ्जमा स्थापना गरिनु पर्ने माग गरेको छ । यदी त्यसो हुन नसके कडा आन्दोलनमा उत्रिने पर्सा कांग्रेसको चेतावनी छ ।
 
पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरे मार्फत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बुझाएको ज्ञापन पत्रमा २ नम्बर प्रदेशको उच्च अदालत जनकपुर र इजलास राजविराजमा प्रस्ताव गरिएको समाचार सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै मुलुकको आर्थिक नगरी प्रवेशद्वार, प्रजातान्त्रिक, गणतान्त्रिक एवं अधिकार प्राप्तिका लागि भएका आन्दोलनहरुमा सधै अग्रणी भूमिकामा रहेको वीरगञ्जलाई कसैले नजर अन्दाज गरेमा कांग्रेसलाई सह्य नहुने –उल्लेख छ । 
 
ज्ञापन पत्रमा प्रदेश नं. २ को उच्च अदालत वीरगञ्जमै कायम गर्न सम्वद्ध सबै पक्षसँग माग समेत गरिएको छ । क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा पूर्व सभासद एवं नेपाली कांग्रेसका नेता अजय द्विवेदी, पूर्व सभासद ओमप्रकाश शर्मा, महाधिवेशन प्रतिनिधिहरु श्याम पटेल, अशोक कुमार गुप्ता, जतन राउत, जोखनदास थारु, शान्ति कार्की, नगर सभापति भोला कलवार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, गजेन्द्र पटेल, मनोज महतोलगायत सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ