arrow

चुनावमा प्रचारप्रसारको खर्च विवरण बुझाउन निर्वाचन आयोगको ताकेता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
election-commission167.jpg

काठमाडौं । निर्वाचन आयोगले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको छ । 

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गरी खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरेर सिफारिससहित कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराएका छन् । 

निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारको खर्चको सीमा निर्धारण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ