arrow

विप्लवका चार नेताले छोडे साथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
Biplav-Netra-chand.jpg

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ को चार नेताले साथ छोडेका छन् । ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीका चार नेताले राजीनामा दिएका हुन् ।
 
राजीनामा दिनेमा पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार रहेका छन् । 

पछिलोसमय विप्लवका पार्टी सामान्य राजनीतिकमा आएको छ । जनयुद्धपछि विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अधि बढ्नुपर्ने भन्दै उनीहरूले पार्टी छोडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ