arrow

कोरोना महामारीको चौथो लहरको संकेत, एकै दिन ४९ संक्रमित थपिए

संक्रमण दर लगभग २ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
health-ministry.png

काठमाडौं । नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार ३१ जना नयाँ संक्रमित थपिएका थिए भने मंगलबार १९ जना नयाँ संक्रमित थपिएका थिए ।

२ हजार ४ सय ९४ जनाको नमूना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि यो संख्यामा नमूना परीक्षण गर्दा २० भन्दा कम संक्रमित थपिँदै आएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ को संक्रमण दर लगभग २ प्रतिशत पुगेको छ । विगतका कयौं सातायता यो पहिलो पटक उच्च संक्रमण दर देखिएको हो ।

पछिल्लो २४ घण्टामा १२३४ जानको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ३३ जनामा र १२६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै करिब ९० को आसपासमा पुगेको सक्रिय संक्रमितको संख्या बढेर बिहीबार १६३ पुगेको छ । काठमाडौंमा मात्रै सक्रिय संक्रमित ९६ जना पुगेका छन् । 

भारतमा समेत कोभिड १९ को संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार नयाँ संक्रमित थपिएका छन् ।

केही दिन अघि नै भारतमा बढेको संक्रमणपछि नेपालमा पनि संक्रमण बढ्न थालेको हो । यसले कोभिड १९ महामारीको फेरि अर्काे लहर लिनेतर्फ चिन्ताको संकेत गराएको छ ।



नयाँ