arrow

मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गर्नेबारे डब्ल्यूएचओको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
world-health-organization-who.jpg

काठमाडौं। बिहीबार मङ्कीपक्स अन्तर्राष्ट्रिय आपतकाल हो कि होइन भन्ने कुराको मूल्याङ्कन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का विज्ञहरूकाे  बैठक बस्दैछ। यसअघि मात्र ६ वटा यस्ता आपतकालीन अवस्थाहरू घोषणा गरिएका थिए । 

सन् २०२० मा कोभिड १९ काे महामारी, २०१९ मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाको प्रकोप, २०१६ मा जिका भाइरस,  २०१४ मा पोलियो, २०१४ मै पश्चिम अफ्रिकाको इबोला प्रकोप र सन् २००९ मा इन्फ्लुएन्जा महामारीले ल्याएको एच१ भाइरस फैलिएको अवस्थालाई डब्ल्यूएचओले अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको थियो।

डब्ल्यूएचओले महामारी घोषणा गर्दैन। तर, यसले सन् २०२० को मार्चमा  कोभिड १९ लाई वर्णन गर्न यो शब्द प्रयोग गर्न थालेको थियो।

धेरै सरकारहरूले यतिबेला मात्रै कोभिड १९ लाई नियन्त्रण गर्न कदम चालेका थिए। जसकारण यो ढिलो साबित भएको थियो।

अन्य प्रकोपहरू जस्तै अंगोला र प्रजातान्त्रिक गणतन्त्र कंगोमा सन् २०१६ मा फैलिएको पहेंलो ज्वरो समितिद्वारा मूल्याङ्कन गरिएको थियो तर अन्तर्राष्ट्रिय रुपमा फैलिएको नपाएपछि अन्ततः मापदण्ड नपुग्दा यसलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरिएको थिएन ।

घोषणाले धेरै हदसम्म ध्यानाकर्षण गर्ने काम गर्दछ। कोष र नयाँ नियन्त्रणका उपायँहरु सार्वजनिक नगरे पनि यसले डब्ल्यूएचओको सल्लाह र देशहरूले गरेका कार्यहरूलाई थप कार्यान्वयनमा ल्याउन मद्दत गर्छ। 

अन्तर्राष्ट्रिय आपतकालको अवस्था एक विशेषज्ञ समितिले सिफारिस गर्छ । तर यसको अन्तिम निर्णय महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसससँग हुन्छ।



नयाँ