arrow

पोखराको मोबाइल पसलमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
aaglagi-ilam-namsaling.gif

पोखरा । पोखराको एक मोबाइल पसलमा विहिवार राति आगलागी भएको छ । सो आगलागीबाट करिब तीन लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं. ३२ झ्याउरीचोकस्थित बी एण्ड बी मोबाइल पसरमा विद्युत् सर्ट भएर आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मोबाइल पसल स्थानीय विकास सुनारले सञ्चालन गर्दै आएका थिए । प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट कोठामा भएका सामानहरू जली नष्ट भई करिब तीन लाख बराबरको क्षति भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ