arrow

भारतमा संक्रमण बढेसँगै सुदूरपश्चिममा थपिए संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
corona-virus-covid-19.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको संक्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो ।  

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको संक्रमण भएको उल्लेख छ ।
  
कोरोना भाइरसको आशङ्कामा बुधबार ३५९ जना र  बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्ला दिनमा यो रोगको संक्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ ।
   
छिमेकी देश भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ ।
  
सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरवाही भइरहँदा यो रोगको संक्रमण बढ्न थालेको बताइएको छ । सीमानाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै संक्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
  
सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाकाबाट बुधबार ६६४ र आज  ५८७ जना नेपाल भित्रिएको जनाइएको छ । सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमूना परीक्षण हुने गरेको छ ।
   
प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्णमात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । पछिल्ला दिनमा कोरोनाविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरु गरिएको छ । /f;;



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ