arrow

भारतको १५ औं राष्ट्रपतिका लागि द्रौपदीले उम्मेदवारी दर्ता गर्दै, भाजपा साथमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
draupadi.jpg

काठमाडौं । भारतको राष्ट्रपति निर्वाचनमा लोकतान्त्रिक गठबन्धन एनडीएकी उम्मेदवार द्रौपदी मुर्मूले आज उम्मेदवारी दर्ता गर्नेछिन् । भारतको १५ औं राष्ट्रपतिका लागि भाजपाले मुर्मूलाई अघि सारेको छ । सांसद भवनमा हुने उम्मेदवारी दर्ताका लागि पार्टीले आफ्ना सबै राज्यका मुख्यमन्त्री र मन्त्रीहरूलाई दिल्ली बोलाएको छ। 

द्रौपदी मुर्मूको मनोनयनमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह पनि उपस्थित हुने बताइएको छ। 

प्रधानमन्त्री मोदी मुर्मूको उम्मेदवारी पत्रको पहिलो प्रवर्तक हुनेछन्। जबकि भाजपा अध्यक्ष जेपी नड्डा सहित पार्टीका अन्य धेरै वरिष्ठ नेताहरू पनि प्रस्तावक र समर्थकको रूपमा सामेल हुनेछन्।

चुनावमा एनडीएको ४८ प्रतिशत मत छ भने नवीन पटनायकको बीजेडीले पनि मुर्मूलाई समर्थन गर्ने घोषणा गरेको छ । उनको समर्थनमा मेघालयको मेघालय लोकतान्त्रिक गठबन्धन (एमडीए) पनि आएको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री र वाईएसआर कंग्रेसका अध्यक्ष जगन मोहन रेड्डीले पनि मुर्मूलाई समर्थन गर्ने घोषणा गरेका छन्।

 यस्तो अवस्थामा द्रौपदी मुर्मू भारतको भावी राष्ट्रपति हुने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ