- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक डाकेको छ ।
शुक्रवार तीनकुने स्थित पार्टी कार्यालयमा बस्ने बैठकमा मन्त्रीलाई फिर्ता बोलाउने निर्णयमाथि छलफल हुँदै छ ।
पछिल्लो समय पार्टीका शीर्ष नेता भन्दा बहालवाला मन्त्री शक्तिशाली देखिएका छन् । शीर्ष नेताहरूको निर्णय नमानेर सरकारमा बसेका छन् ।
बैठकमा मन्त्रीहरूले फिर्ता हुनका लागि राखेको विभिन्न शर्त लगायत अन्य विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
मन्त्रीहरूको हेरफेर हुने बताए पनि एकीकृतले त्यसको कार्यान्वयन गर्न सकेको छैन ।
श्रममन्त्री किसान श्रेष्ठ र पर्यटन मन्त्री प्रेम आलेले प्रधानमन्त्रीलाई भेटेर सरकारनै ढल्ने चेतावनी दिएका थिए भने शहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रचण्डलाई भेटेका थिए ।