arrow

युक्रेनलाई सदस्य बनाउन ईयू सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
eu-europe-european council.jpg

काठमाडौं । युरोपेली संघ (ईयू) युक्रेनलाई रुसको प्रभावबाट अझ टाढा तान्न र यसलाई पश्चिमसँग जोड्न ईयू सदस्यताको बाटोमा लैजान सहमत भएको छ। यससँगै युक्रेन ईयूको सदस्य बन्नका लागि तयार उम्मेदवार बनेको छ ।

बिहीबार ब्रसेल्समा भएको शिखर सम्मेलनमा ईयूका २७ राष्ट्रका नेताहरूले युक्रेनलाई उम्मेदवारी प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेका हुन् । यसले युक्रेनको सदस्यताको बाटो खोलेको हो। तर ईयूकाे सदस्य भइसक्न युक्रेनलाई वर्षाैं वा दशक नै समेत लाग्न सक्छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो सेनाले युद्ध नभइ विशेष सैन्य अपरेशन गरिरहेको भनेको चार महिना पुग्नु भन्दा एक दिनअघि बिहीबार) ईयूले यस्तो निर्णय गरेको हो ।

युरोपमा फेरि परिवर्तनको तरंग, ईयूले युक्रेनलाई सदस्यता दिने निर्णय स्वीकार्दै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्वीट गर्दै कृतज्ञता व्यक्त गरेका छन् । यस्तै उनले भनेका छन्, 'युक्रेनको भविष्य ईयू भित्र छ ।'

यस्तै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले ट्वीटरमा भनेकी छिन्, 'आज युरोपका लागि राम्रो दिन हो ।'

ईयूले युक्रेनको सीमाना जोडिएको अर्को भूतपूर्व सोभियत गणतन्त्र सानो देश मोल्डोभालाई पनि उम्मेदवारको स्थिति दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ