arrow

म्यानमारको ६.८ म्याग्नेच्यूटको भूकम्पले ३ को मृत्यु, दुई सय स्तुपा ध्वस्त

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
myan.jpeg
यांगुन । म्यानमारको पूर्वी चाउकमा केन्द्रविन्दू भएर बुधबार अपरान्ह गएको ६.८ म्याग्नेच्यूटको भूकम्पले ३ जनाको मृत्यु भएको छ ।
 
थुप्रै घाइते भएका छन् । भूकम्पले सबैभन्दा बढी असर पर्यटकीय स्थल बागनमा परेको छ ।
 
त्यहाँ रहेको झण्डै दुई सय बौद्ध स्तुपा ध्वस्त भएका छन् । त्यहाँ २२०० आकारका बौद्ध स्तुपा छन् । 
 
झण्डै १० सेकेन्डसम्म गएको भूकम्पको धक्का भारत, भुटान, बंगलादेश र थाइल्याण्डमा पनि महसुस भएको थियो ।
 
क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ