arrow

पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
samman.jpg

पोखरा । गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोकश्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादवचन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतो रहेका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान गरेका हुन् ।

यसैगरी प्रज्ञा उत्सव अन्तर्गत सांस्कृतिक कार्यक्रममा कलाकारहरु राजु परियार, राजु गुरुङ, पार्वती जिसी., कर्णदास, रामभक्त जोजिज, बुद्धिमान दुरा “धम्पु” समूहको ठाडो भाका र हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुति रहेको थियो । 

उनीहरुको प्रस्तुतिमा दर्शक रमाए । यसैगरी राजबहादुर गुरुङ, सन्तोष बस्याल, प्रिया गुरुङ, उषा गुरुङले समेत प्रस्तुति राखे । कवि रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, प्राञ्जल र कपिल शर्माका मुक्तकले समेत माहोल ततायो ।

यसका अलावा विभिन्न समुदायको झाँकी, लोक धुन, लोक नृत्य समेत कार्यक्रमको आर्कषणको रुपमा रहेको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति विखर्चीको अध्यक्षतामा कार्यक्रममा मन्त्री श्रेष्ठ, प्राज्ञ प्रजापति पराजुली, प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ