arrow

इटालीको भूकम्पमा मृत्यु हुने २४७ पुगे, अझै थुप्रै वेपत्ता

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
iiiiiiiiiiiiit.jpeg
रोम । इटालीमा बुधबार बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २४७  पुगेको छ ।
 
अझै थुप्रै भग्नावशेषमा पुरिएको इटालीका स्वास्थ्यमन्त्रीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । पुरिएकामध्ये केहीलाई जिवितै उद्दार गरिएको छ ।
 
जसमा भग्नावशेषबाट १७ घण्टापछि एक आठ वर्षीया बालिकालाई जीवितै उद्धार गरिएको छ ।
 
भूकम्पमा परी कम्तीमा चार सय जनाको संख्यामा घाइते भएका छन् । 
 
मध्य इटालीमा निकै वर्ष पुराना घरहरु रहेकाले ती घर ध्वस्त भएका हुन् ।
 
उद्दार जारी रहेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ