arrow

काबुलस्थित अमिरिकी विश्वविद्यालयमा आक्रमण, १३ को मृत्यु

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
kabul-university-attack.jpeg
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी विश्वविद्यालयमा एक अज्ञात समुहले आक्रमण गर्दा १३ जनाको मृत्यु भएको छ। मारिने मध्य ७ जना विद्यार्थी, ३ सुरक्षाकर्मी र २ सुरक्षा गार्ड  रहेको काबुल प्रहरीलाई उद्रित गर्दै बिबिसीले जनाएको छ।
 
यसका साथै अफगानिस्तान सुरक्षाबलले हमलाको दस घण्टापछि विश्वविद्यालयमा हमलामा संलग्न दुई बन्दूकधारीलाई मारेको छ।
 
आक्रमणकारीको खोजीमा जुटेको सुरक्षा निकायले भवनमा बन्द रहेका विद्यार्थी तथा विश्वविद्यालयका कर्मचारीलाई छोडेको थियो।
 
हमलामा ३० विद्यार्थी घाइते भएका छन्। आक्रमणको समयमा सो विश्वविद्यालयमा ७५० विद्यार्थी रहेको थियो। हमलाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ