arrow

बिदा भए किसान श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
kisan-shrestha.jpg

काठमाडौं । श्रम मन्त्री किसान श्रेष्ठ पनि पत्रकार सम्मेलन गरेर मन्त्रालयबाट बिदा भएका छन् । पर्यटन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्री हिजै पत्रकार सम्मेलन गरेर बिदा भएका थिए । 

सोमवार मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा उनलाई कर्मचारीहरूले खादा लगाएर बिदा गरेका छन् । उनले अब आउने पनि एकीकृत समाजवादीकै मन्त्री हुने भएकाले सहयोग गर्न सुझाव दिए । 

एकीकृत समाजवादीले मन्त्री बनाएको र उक्त पार्टीले फिर्ता आउन भनेपछि फिर्ता जानु स्वभाविक भएको उनको भनाइ थियो । मन्त्रीबाट राजीनामा नआएपछि बालुवाटार र खुमलटार दौडेको आरोपको उनले प्रतिवाद गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ