arrow

भारतबाट तेलको तस्करीः १२ सय लिटरसहित चार जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
Arrest-Crime.jpg

बारा । बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर–१ का २२ वर्षीय सञ्जय महतो छन् ।

उनीहरुले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका  हुन् । तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

करिब ३ लाखको पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो । बारा प्रहरीले भ्यान, बरामद समान तथा चार जनालाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार पठाउने तयारी गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी गराए । 

नेपालमा भन्दा भारतमा पाम तेल सस्तो भएपछि तस्करी शुरु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ