arrow

निवर्तमान मन्त्री झाँक्रीले दिइन् सबैलाई धन्यवाद 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
ramkumari-jhakri-former-minister-2079.jpg

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई मन्त्री बनाउने आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीसहित सबैलाई धन्यवाद दिएकी छिन् । आइतबारमात्रै राजीनामा दिएकी नेकपा एसकी सचिवसमेत रहेकी झाँक्रीले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएकी हुन् । 

उनले सोमबार दिउँसो लेखेकी छिन्, ‘मलाई शहरी विकास मन्त्रीको ज़िम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधवकुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, लगायतका नेताहरू, मन्त्री परिषदका मेरा सिनियर सहकर्मी मन्त्री दाइ दिदीहरू, मूख्य सचिव, विभिन्न मन्त्रालय, विभिन्न आयोगका संगठनका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जंगी, प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, मेरो मन्त्रालयका सहसचिवहरू, मातहत  निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरूप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।’

उनले शहरी विकास मन्त्रालयमा आफूलाई शहरी भाषा सिकाउनेलाई पनि धन्यवाद दिएकी छिन् । उनी लेख्छिन्, ‘खासगरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई शहरी भाषा बोल्न सिकाउनु भयो उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो जिम्मेवारीमा कहिल्यै संझौता नगर्ने अंगरक्षक, ब्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाइ बहिनीहरू सबैप्रति हार्दिक धन्यवाद !’

पहिलो पटक मन्त्री भएकी नेतृ झाँक्रीले अगाडि लेखेकी छिन्, ‘मेरा सुभेच्छुक साथीहरू पत्रकार मित्रहरू विकास साझेदार संस्था र प्रतिनिधिहरू, निजी क्षेत्रका मेरा मार्गदर्शकहरू, मेरो पथप्रदर्शक मेरो श्रीमान्, मेरो परिवार र मेरो सानो छोरा जसको समय मैले सार्वजनिक जीवनमा लगाएँ‘ सबैप्रति  ऋणी छु ।’

उनले आफूलाई आलोचना गर्नेलाईसमेत धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन्, ‘मलाई आलोचना गरेर मौका दिने मेरो पार्टीका विभिन्न जनसंगठनका नेता तथा कार्यकर्ताहरूप्रति हार्दिक हार्दिक धन्यवाद ! सबै दल सम्बद्ध मेरा मित्रहरू तपाईहरूलाई सधै सम्झिन्छु । मप्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिकहरूप्रति हार्दिक धन्यवाद !’

उनले आफूलाई गरेको विश्वास घट्न नदिने विश्वास दिलाउँदै लेखेकी छिन्, ‘म तपाईंहरूको आशालाई निराश हुन दिने छैन भन्ने संकल्प लिँदै अगाडि बढ्नेछु ।’

निवर्तमान मन्त्री झाँक्रीले आफूले इमानपूर्वक मन्त्रालय सम्हालेको उल्लेख गर्दै लेखेकी छिन्, ‘यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरूसँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन ।’
 
उनले आफूलाई विस्थापित गर्ने मन्त्री मेटमणी चौधरीलाई बधाई तथा शुभकामनासमेत दिएकी छिन् । उनले अन्त्यमा लेखेकी छिन्, ‘साथै नवनियुक्त मन्त्रीजीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु । साथै माननीय मन्त्री मेटमणी चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ