arrow

साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७९ असार १३ सोमबार
iraq-pm-kadhimi-Saudi-mohammed-bin-salman.jpg

रियाद। साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ।

दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा उनीहरुले आइतबार छलफल गरेको अधिकारीहरुले जनाएका छन्। साउदी अरबको भ्रमणमा रहेका काधिमीले साउदीका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री समेत रहेका युवराज सल्मानसँग सुरक्षा सहयोग र सहकार्यका बारेमा पनि कुरा गरेको जनाइएको छ।

उनीहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा छलफल गरेको दुवै देशका अधिकारीहरुले बताएका छन्। त्यसैगरी क्षेत्रीय सुरक्षा तथा स्थायीत्वका बारेमा दुवै जनाले विचार आदान प्रदान गरेका थिए।

इराकी प्रधानमन्त्री काधिमी गत शनिबार साउदी आएका थिए। आइतबार नै साउदी अरबको भ्रमण सकेर उनी इरान गएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ