arrow

जी–२० सम्मेलनमा रचनात्मक भूमिका खेल्न जापानलाई चीनको आग्रह

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
news-japan-new.jpeg
एजेन्सी । जी–२० सम्मेलनलाई सफल पार्नका निम्ति जापानलाई चीनले रचनात्मक भूमिका खेल्न आग्रह गरेको छ । 
 
वुधबार टोकियोमा जापानी प्रधानमन्त्री सिन्जो आवेसहित जापान  र दक्षिण कोरियाका दुई समक्षीबीच भएको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङले यस्तो आग्रह गरेका हुन् । सम्मेलन आगामी अगष्त ४ र ५ गते चीनको हाङ्जाउमा हुनेछ ।  
 
भेटवार्तामा चीनले त्रीपक्षीय सहयोगको निम्ति ‘फोर वील ड्राइभ’ नामक प्रस्ताव पेश गरेको छ । राजनीति, आर्थिक र व्यापार, संस्कृति, दिगो विकासलगायत प्रमुख चार क्षेत्रमा आपसी सहयोग बढाउने उद्देश्यले सो प्रस्ताव पेश गरिएको वाङले बताए ।  
 
विदेशमन्त्री वाङले भने, ‘चीनले जी–२० सम्मेलनमा प्रधानमन्त्री आवेको उपस्थितिलाई सधैं स्वागत गर्नेछ । साथैं सम्मेलनलाई सफल पार्नको निम्ति जापानको सकारात्मक र रचनात्मक भूमिका हेर्न चीन सधैं इच्छुक छ ।’ 
 
जापानी प्रधानमन्त्री सिन्जो आवेले जापान समेत चीनसँग आपसी विश्वास र वार्ता बढाउन चाहेको जनाएका छन् । आवेले आसन्न जी–२० को सम्मेलन विश्व आर्थिक विकासको लागि निकै महत्वपूर्ण रहेको बताउँदै, बैठकलाई जापानले गर्न सक्ने सबै सहयोग प्रदान गर्ने जनाएका छन् । 
 
भेटवार्तामा द्विपक्षीय सम्बन्ध सुधारबारे पनि छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ