arrow

तनहुँमा करेन्ट लागेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
current-socked.png

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका-९ निवासी ४५ वर्षीय तारा थापा रहेकी छन् । 

मोबाइल चार्ज गर्ने क्रममा प्लक (टुपिन)बाट करेन्ट लाग्दा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर सख्त घाइते भएकी महिलाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

मृतक महिलाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ