काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई सम्झाएका छन् । नेता खनालले एमसीसीमा गल्ती गरेको भनेपछि प्रचण्डले विगत सम्झाएका हुन् ।
प्रचण्डले भने ‘झलनाथजीलाई म सम्झाउन चाहन्छु । एमसीसीबारे पहिलो दस्ताबेज मैले लेखेको हो । एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि मैले नै राखेको हो यो हेक्का होला, रहोस् पनि ।’
एमसीसीबारे प्रचण्डले भने, ‘एउटा परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणा बनाएर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो, त्यहाँ कुनै लुकीछिपीको कुरा होइन ।’ प्रचण्डले नेताहरूलाई एसपीपीलाई खारेज गराउने भूमिकाको नेतृत्व पनि आफैँले खेलेको बताए ।