arrow

पूर्वका नदीमा खतराको घण्टी बज्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
saptakoshi-badhi.jpg

काठमाडौं । मनसुन शुरु भएसँगै नदीमा जलको प्रवाह बढेको छ । लगातारको बर्षाले पूर्वाका ठुला नदीहरुमा खतराको घण्टी बज्न थालेको छ । बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार मङ्गलवार बिहान पूर्वका कोशी, चुरिया, कन्काईले खतराको घण्टी पार गरेका छन् । 

कोशी नदी अन्तर्गत सुनसरीको तरहरा, कोशी चुरिया नदीको मोरङको लेटाङको बहाव उच्च छ । सुनसरीको तरहरामा ११२। ६ मिलिमिटर पानी बहाव छ । त्यस्तै कन्काई नदी अन्तर्गत झापाको दमक र शनिश्चरे मा १०५ मिलिमिटर पानी बहाव भएको छ ।

चन्द्रगढी विमानस्थल र कन्काई क्षेत्रमा उच्च बाढी आएपछि पानीको सतह समेत उच्च भएका महाशाखाको तथ्याङ्कमा उल्लेख छ । 

महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको सङ्केत दिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ