arrow

असार २३ गते बुढीगंगामा पुनः मतदान, सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
Budhiganga_Nagarpalika.png

काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

विवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । जसका विरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । तर अदालतले भने पुनः मतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ