arrow

वृद्धभत्ता अनियमितता गर्ने काठमाडौं ४ का वडाध्यक्ष महर्जनविरुद्ध पक्राउ पूर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
dinesh-maharjan-kathmandu4.jpg

काठमाडौं । वृद्धभत्ता अनियमितता गर्ने काठमाडौं महानगरपालिका वडा नं ४ का नवनिर्वाचित वडाध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले गत बैशाख ३० गतेको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष महर्जनसहित तीन जनालाई ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको हो ।

महर्जनसहित ध्रुवप्रसाद त्रिपाठी र मोहनबहादुर विष्टविरुद्ध सरकारी कागजात कीर्ते गरेको र लिखतसमेत कीर्ते गरेको अभियोगमा ७ वर्ष कैद सजायसहितको मागदाबी गरिएको छ । 

सो मागदाबी पछि जिल्ला अदालत काठमाडौंले तिनै जनालाई पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गर्ने आदेशसहित पक्राउपूर्जी जारी गरेको हो । उनीहरुविरुद्ध एक वरिष्ठ ज्येष्ठ नागरिक (७५ वर्षमाथिका) को महानगर प्रोत्साहन भत्ता बापतको १२ हजार रकम उपलब्ध नगराउने मनसायसहित सरकारी कागज र लिखतसमेत कीर्ते गरेको अभियोग लगाइएको छ ।

उनीहरुले ती व्यक्तिले पाउने वृद्धभत्ता बापतको रकम लिने मनसायले भत्ता बुझिलिने कागजमा कीर्ते सहीछाप गरी लिखतसमेत कीर्ते गरिएको दाबी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ