- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ । पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत् त्यहाँका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ ।
महाशाखाका अनुसार रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्रमा रहेका नदीमा बाढीको जोखिम रहेको छ ।
त्यस्तै, कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति एसएमएस पठाइएको छ ।
कान्द्रा,मोहना,खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।