arrow

बाढीले डाईभर्सन बगाउँदा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
east-west-badi.jpg

नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

जिल्लाको  विनयी त्रिवेणी गाउँपालिकाको सिम क्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको नवलपुर प्रहरीले जनाएको छ ।

बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरू ठप्प भएका छन् । बाटो खुलाउनका लागि केही समय लाग्ने  नवलपुर प्रहरीले जनाएको छ  ।

महेन्द्र राजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जङ्गलमा प्रहरीले रोकिदिएको छ । बगाएको खण्डमा राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनायो ।

महेन्द्र राजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी कच्ची सडक बगाउने जोखिम छ । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डका २ सय बढी स्थानमा डाइभर्सन बनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ