arrow

कृषिमा आधुनिकीकरण आवश्यक छ : मन्त्री बुढा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
Chandrabahadur-Budha.jpg

तनहुँ । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए । 

पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए आत्मनिर्भर बन्न सकिने उनले बताए । “प्रदेश सरकारले के गर्नुपर्छ त्यसका लागि कुनै कन्जुस्याइँ हुनेछैन”, उनले भने, “त्यसका लागि किसान जागरुक बन्न आवश्यक छ ।”

प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्र्याक्टर अनुदानमा प्रदान गरिएको हो  । प्रदेश सरकार कृषि मन्त्रालयबाट रु २४ लाखको लागतमा उक्त ट्र्याक्टर प्रदान गरिएको  हो । 

गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले पहाडी भागमा सुन्तला तथा कागती खेती गरी पाखाटारमा लिफ्टिङको व्यवस्था गरी सिँचाइ गर्न सकिए मात्रै कृषि क्षेत्रमा फड्को मार्न सकिने बताए । 

उक्त समूहमा एक सयभन्दा बढी सदस्य आबद्ध रहेको समूहकी अध्यक्ष अञ्जु श्रेष्ठले जानकारी दिइन् । प्राप्त भएको ट्र्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ