arrow

बाढीबाट स्थानीयलाई बचाउन सुरक्षाकर्मीले हटाए डेढ किलोमिटरमा फैलिएको जलकुम्भी

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ असार १६ बिहिबार
JALAKUMBI-HATAUDAI.jpg

नवलपरासी पश्चिम । मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिम जिल्लाको रामग्राम नगरपालिका वडा नं ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई जलकुम्भी झारले अवरोध गरेपछि बुधबार सुरक्षाकर्मीले सरसफाइ गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको नेतृत्वमा करिब डेढ किलोमिटरमा फैलिएको जलकुम्भी झारलाई नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका जवानले सरसफाइ गरेका सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सूचना अधिकारी रोशन घिमिरे बताए । तिनै सुरक्षा निकायको उपस्थितिमा उक्त खोलामा रहेको जलकुम्भी झार सरसफाइ गरिएको हो । 

उक्त खोलाको जलकुम्भी झार सरसफाइमा नेपाल प्रहरीबाट ४५, सशस्त्र प्रहरी ४७ र नेपाली सेनाबाट ४५ जना जवान खटाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । 

सुरक्षाकर्मीले खोलामा रहेको जलकुम्भी झार हटाएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लाको अधिकांश खोलाको सरसफाइ नहुँदा बर्सेनि पानी ओभर फ्लो भएर नजिकको गाउँ बस्तीमा पसेर लौखाको क्षति हुने गरेको बताइएको छ । 

दुई दिनदेखि अविरल वर्षाले नवलपरासी पश्चिमका अधिकांश भूभाग डुबानमा परेका छन् । गतबर्ष रामखण्ड खोला र झरही खोलाको पानीको मुहान रोकिएपछि सदरमुकाम परासी बजार पूर्ण रूपले डुबानमा परेको थियो । 


सदरमुकाम परासी बजार यी दुई खोलाको बिचमा रहेको छ । पूर्व दिशा तिर झरही खोला छ भने पश्चिम तिर रामखण्ड खोला रहेको छ । 

दुबै खोला बजार नजिकै रहेकाले अधिकांश स्थानीयवासीले फोहोर वस्तु खोला मै फालिने गरेकाले खोलाको मुहान बन्द भएपछि पानी ओभर फ्लो भएर बजारमा पस्ने गरेको स्थानीयले बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ