arrow

बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
Butwal-narayanghat-road.jpg

नवलपुर । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । 

“रातभरि डाइभर्सन निर्माणको काम गर्‍यौँ”, उनले भने, “बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।” 

मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । 

डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन् ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ