arrow

नेपालका कुन कुन नदीमा बज्यो खतराको घण्टी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
koshi-barrage-photo.jpg

काठमाडौं । लगातारको वर्षापछि नदीको बहाव बढेको छ । पहाडका थुप्रै स्थानमा पहिरो गएको छ भने तराईका धेरै स्थान डुबानमा परेका छन् ।  

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पनि नेपालका १४ १४ नदीले खतराको घण्टी पार गरेका छन् । 

 नारायणी, राप्ती, बागमती, लालबकाईया, कोशी, कर्णाली, गण्डकीका शाखा नदी गरि १४ नदीमा खतराको घण्टी बजेको छ । 

महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको सङ्केत दिने गरेको छ ।

 वर्षाको कारणले विभिन्न क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाको अनुरोध छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ