arrow

सङ्घ र प्रदेशको निर्वाचन कात्तिक वा मंसिरसम्म – प्रमुख आयुक्त थपलिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
election-commission-dinesh-thapaliya.jpg

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । 

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीय स्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए । 

उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे । 

प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे । आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ