arrow

विकसित देशमा चीनको छवि झनै खस्कियो: सर्वेक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
china-economic-downfall.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिका, जर्मनी र दक्षिण कोरियालगायतका विकसित देशमा बढ्दो रूपमा ठूलो बहुमतले चीनलाई प्रतिकूल रूपमा हेरेको एक सर्वेक्षणले बुधबार देखाएको छ ।

१९ राष्ट्रमा गरिएको सर्वेक्षणले विगत केही वर्षहरूमा चीनको प्रतिष्ठामा थप ह्रास आएको देखाएको छ। बेइजिङको बढ्दो सैन्य र आर्थिक शक्ति, यसको मानवअधिकार सम्बन्धीको रेकर्ड र कोभिड१९ महामारीको उत्पत्तिबारे चिन्ता बढ्दै गएको प्यू रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा उल्लेख छ ।

८२ प्रतिशत अमेरिकी, ८० प्रतिशत दक्षिण कोरियाली र ७४ प्रतिशत जर्मन र क्यानडालीहरूले चीनलाई प्रतिकूल रूपमा हेरेको सर्वेक्षणले जनाएको छ ।

चीनको प्रतिकूलता जापानमा ८७ प्रतिशत, अष्ट्रेलियामा ८६ प्रतिशत र स्वीडेनमा ८३ प्रतिशत पाइएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यस्ताे छ सर्वेक्षणकाे नतिजा:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ