- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बारा । गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिबार निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घोषाणा गरेका छन् ।
निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्नी शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत हुन् ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कम्तीमा दुई लेनको मात्रै भए पनि विमानस्थल बनाउनु पर्ने बताए । यसमा अरूले अवरोध गर्नको कुनै अर्थ नभएको पनि उनले बताए ।