- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी फेरि बढेको छ । पछिल्ला केही दिनको गतिविधिले नयाँ लहर फैलिने सम्भावना बढेको छ । पछिल्लो २४ घण्टामा ४४ संक्रमित थपिएका छन् । १२०१ पीसीआरबाट ३३ तथा १२६६ एन्टिजेनबाट ११ जना संक्रमित पाइएका हुन् ।
१६ जनालाई मात्र निको भएको छ । योसँगै पीसीआरबाट सक्रिय संक्रमित ३१४ जना पुगेका छन् । निरन्तर बढ्दै गएको संक्रमणले नयाँ लहर आएको संकेत गरेको छ । जसमा आधाबढी काठमाडौं उपत्यकाका हुन् ।
जसमा काठमाडौंका १४९, ललितपुरका ३३ तथा भक्तपुरका १० जना हुन् । यसअघि ९० भन्दा मुनि पुगेको सक्रिय संक्रमितको संख्या एक्कासी बढेको हो ।