कोरोनाको रफ्तार बढ्दो, ५३ थपिए, सक्रिय संक्रमित तीन सय ३३ पुगे
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
773
Shares
काठमाडौं । नेपालमा कोरोना भाइरसको रफ्तार बढ्दै गएको छ । आइतबार ५३ संक्रमित थपिएका छन् । जसमा ११ सय ६२ पीसीआर परीक्षणबाट ३९ तथा ९५८ एन्टिजेनबाट १४ जना थपिएका हुन् ।
योसँगै पीसीआरबाट संक्रमित पाइएकाको सक्रियको संख्या बढेर तीन सय ३३ पुगेको छ । काठमाडौंमा मात्रै सक्रिय संक्रमित बढेर १७२ पुगेका छन् ।
त्यस्तै ललितपुरमा ३३ तथा भक्तपुरमा १० जना सक्रिय संक्रमित पुगेका छन् । यो आँकडाले पनि उपत्यकामा संक्रमणले नयाँ लहरको संकेत दिएको छ ।
संक्रमित थपिने भन्दा निको हुनेको संख्या घट्दै गएको छ । जसका कारण सक्रिय संक्रमित दिनानुदिन बढ्दै गएका छन् ।