arrow

खोइ खोप ?

सरकारको नाबालकमाथि खेलबाड, पाँच देखि १२ वर्षका बालबालिका उपत्यकामै कोरोनाको खोप लगाउन बञ्चित

आपूति शाखा प्रमुख चौरसिया भन्छन् – आइतबार प्राप्त भएको २३ लाख खोप असार ९ देखि १५ गतेसम्म खोप लगाएकालाई मात्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
pfizer.jpeg

काठमाडौं । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३  लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । 

उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो । उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ । आइतबार प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ । 

यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो । सरकारले ५  देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ ।

पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो । सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ । 

यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । 

तर काठमाडौं उपत्यकामै थुप्रै बालबालिका खोप लगाउनबाट वञ्चित भएका छन् । उनीहरुले खोप अभावमै असार ९ देखि १५ गतेसम्म खोप लगाउन पाएका थिएनन् । 

आइतबार आएको खोपबाट उनीहरुले लगाउने अपेक्षा विपरीत आइतबार खाएको खोप पहिलो डोज लगाएकालाई मात्र दिने भनिएसँगै छुटेको बालबालिकाको समूह निराश भएको छ । 

उनीहरुसँगै उनीहरुका अभिभावकसमेत चिन्तित भएका छन् ।

पछिल्ला केही दिनदेखि उपत्यकामा कोरोनाको महामारी बढ्दो क्रममा रहेको छ । हालका दिनहरुमा स्वास्थ्य प्रोटोकल पनि मिच्दै गएको अवस्था छ । यस्तोमा कलिला बालबालिकाहरुमा कोरोना फैलने डर ब्याप्त भएको छ । (राससको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ