- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय विश्वभर कोभिड-१९ संक्रमण पुन: बढेको छ । चिकित्सकहरूले कोरोना भाइरस विरुद्धको खोप लगाउन आव्हान गर्दै आएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले सबैभन्दा बढी प्रभावित देशहरूको सुची सार्वजनिक गरेको छ । विश्वभर ५४ करोड ८८ लाख २५ हजार ९५५ जना संक्रमित भएका छन् ।
जसमा शक्ति राष्ट्र अमेरिका प्रकोपको सबैभन्दा माथि छ । अमेरिकामा ८ करोड ७८ लाख ३८ हजार ६२३ संक्रमित भएका छन् ।
दोस्रोमा छिमेकी मुलुक भारत रहेको छ । भारतमा ४ करोड ३५ लाख २ हजार ४२९ मानिसहरू संक्रमण भएको छ ।
ब्राजिलमा ३ करोड २४ लाख ७१ हजार ८४७, फ्रान्समा ३ करोड १४ लाख १० हजार ३८३, जर्मनी २ करोड ८३ लाख ९२ हजार ६३०, बेलायत २ करोड २९ लाख ४१ हजार ३६० संक्रमित भएका छन् ।
त्यस्तै इटालीमा १ करोड ८६ लाख ९५ हजार ९५४, दक्षिण कोरियामा १ करोड ८३ लाख ८९ हजार ६११ र रुसमा १ करोड ८१ लाख ६७ हजार ६०३ संक्रमित सङ्ख्या रहेको छ ।